राजनीति प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता : गठबन्धनको बैठक बेलुका ५ बजे बस्ने

काठमाण्डाै । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा उहाँहरुबीच अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी र समसामयिक राजनीतिक विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो ।सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सहमति नहुँदा एमसीसी सम्झौता अन्योलमा परेको छ । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय गरेको छ ।हिजो बसेको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने भनिए पनि सर्वसहमति विना एमसीसी टेबल भए गठबन्धनबाट बाहिरिने प्रचण्डको अडानपछि गठबन्धनको बैठकमा छलफल गर्न लागिएको हो । एमसीसीबारे साझा धारणा बनाउन र सहमति जुटाउन आज गठबन्धनको बैठक बस्न लागेको हो ।आज दिउँसो ३ बजेका लागि तय भएको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि बेलुका ५ बजेका लागि सरेको छ ।साबार उज्यालो अनलाईन

Back to top button