काठमाण्डौ उपत्यका, बुटवल, दाङ र पोखराबाट गरी ६४ जना बन्दकर्ता पक्राउ

काठमाण्डाै – देशका विभिन्न ठाउँबाट ६४ जना बन्दकर्ता पक्राउ परेका छन् । काठमाण्डौ उपत्यकाबाट ५२, बुटवलबाट ९, दाङमा दुई र पोखरामा एक जना बन्दकर्ता पक्राउ परेका प्रहरीले जनाएको हो ।सडकमा बन्द गराउँदै हिडेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै पूर्व– पश्चिम राजमार्गको दाङ खण्डमा रोकिएका गाडीलाई प्रहरीले स्कर्टिङ्ग गरेर गन्तब्यमा पुर्याएको छ । पूर्वबाट पश्चिम जान भालुबाङ पुगेका बस, ट्रक लगायतका गाडीलाई स्कर्टिङ्ग गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बन्दका कारण पोखरामा नगर बस चलेका छैनन् । तर, काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेको छ ।सडक र चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसँगको सम्झौताको विरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेका हुन् । प्रहरीले ढुक्क भए गाडी चलाउन आग्रह  गरेको छ ।

Back to top button