नेपाल सांस्कृतिक संघको महामन्त्रीमा बिमलराज क्षेत्री

पर्वत । नेपाल सांस्कृतिक संघको महामन्त्रीमा चर्चित लोकदोहोरी गायक बिमलराज क्षेत्री मनोनित भएका छन् । नेपाल सांस्कृतिक संघ नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो । सांस्कृतिक गतिविधिको माध्यमबाट लोकतान्त्रिक आन्दोलन र सांसकृतिक उच्चता श्रीबृद्धि गर्न उल्लेखनीय योगदान निर्वाह गरेको भन्दै नेपाल सांस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा मनोनित गरेको हो ।
क्षेत्री नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी हुन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा अत्याधिक मत लिएर बिजय भएका क्षेत्री पर्वत जिल्लाका लोकप्रिय नेता मानिन्छन् । पर्वत जिल्लाको फलेवास नगरपालिका–१० कुर्घामा जन्मिएका क्षेत्री बिद्यार्थीकाल देखीनै राजनितिमा सक्रिय थिए । कलाकारिता सँगै राजनितिमा सक्रिय क्षेत्रीले काँग्रेस निकट थुप्रै गित गएका छन् ।
नेपाल सांसकृतिक संघको उन्नयन, सम्बद्र्धन र दु्रततर विकासका लागि पारस्परिक सहमति, सहकार्य र सांगठनिक सुदृढीकरणलाई मध्यनजर गदै आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई अत्याधिक बहुमतका साथ निर्वाचित गराउनु पर्ने औचित्यबोध महशूश गरी संघको तेस्रो महाधिवेशन समेत यथाशीघ्र सम्पन्न गर्नुपर्ने दायित्वलाई ख्याल गदै संघको महामन्त्रीमा गायक बिलमराज क्षेत्रीलाई मनोनित गरिएको केन्द्रिय सभापति तीर्थराज थापाले जानकारी दिनुभयो ।
गायक क्षेत्रीलाई साँस्कृतिक संघको बिधानको परिच्छेद ७ दफा २० को (छ) बमोजिम केन्द्रीय महामन्त्रीमा मनोनित गरिएको केन्द्रिय सभापति थापाले बताउनु भयो ।

Back to top button