सोलुखुम्बुमा सकेट बम भेटियो

साेलुखुम्बु – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका २ बेनीकाे फेरा भन्ने ठाउँमा एउटा सकेट बम भेटिएको छ । स्थानीयवासीले बारीमा काम गर्ने क्रममा आज मङ्गलवार दिउँसाे बम देखेपछि प्रशासनलाई खबर गरेका थिए ।

बम फेला पारिएको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको प्रशासनले जनाएको छ । यस्तै बम डिस्पोज गर्न ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएकाे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

निकै पुरानो जस्तो देखिने त्याे बम सशस्त्र द्वन्द्वकालीन समयमा लुकाइएको हुन सक्ने प्रहरीको अनुमान छ । केहीबेरमा बम डिस्पाेज गरिने प्रहरीले जनाएको छ । साबार उज्यालो अनलाइन

Back to top button