नेपाली काँग्रेस पर्वतको आयोजनामा दुई स्थानमा शोकसभा सम्पन्न

पर्वत/ नेपाली काँग्रेस पर्वतको आयोजनामा आज दुई स्थानमा शोकसभा सम्पन्न भएको छ । पर्वतको जलजला ७ धाईरिङ निवासी १०४ वर्र्र्षिया दाम्बिका आचार्य उपाध्याय र जलजला गाउँपालिका ४ का हेमवहादुर जिसीको निधनमा शोकसभा गरिएको हो । जलजला ७ का आचार्यको माघ २४ गते निधन भएको थियो भने जिसीको माघ २३ गते निधन भएको थियो । नेपाली काँग्रेस पर्वतका सभापति यूवराज जोशी, कुश्मा नगर सभापति किशोर भण्डारी, काँग्रेस यूवा नेता राजु आचार्य, जलजला ७ का वडासभापति मनोहर आचार्य , दलित संघ जलजलाका अध्यक्ष बुद्धि परियार लगायतले शोक मन्तव्य व्यक्त गर्नुभयो ।

परिवारमा समबेदना तथा मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली काँग्रेस पर्वतका सभापति यूवराज जोशीले पार्टीले उहाँहरुको योगदानलाई स्मरण गरिरहने बताउनुभयो । उहाँले पार्टीका लागि योगदान गर्ने एक असल अभिभावक गुमाएकोमा दुखी भएको बताउनुभएको थियो । साथै जलजलामा दलित समूदायहरुको भेलामा पुगेर सम्बोधन गर्दै दलित समूदायको सामाजिक तथा आर्थिक विकासका लागि पार्टीले साथ दिने प्रतिबद्धता व्यक्त गरिएको थियो । बिनोद विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Back to top button