तातोपानी नाकाबाट निर्यात शून्य

काठमाडौं । चीनसँगको मुख्य नाका तातोपानीबाट चीनसँगको व्यापार पछिल्ला वर्षमा प्रभावित भएको छ ।यो नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्यछ । तातोपानी नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्ध जस्तै हुँदै आएकोछ । त्यसैगरी निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् ।नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले यी दुई नाकाबाट निर्यात नभएको आठ वर्ष भएको र आयात पनि सहज नभएको बताउनुभयो । २०७१ साउन १७ गते जुरे पहिरोपछि रोकिएको निर्यात अहिलेसम्म हुन सकेको छैन । त्यसपछि २०७२ को भूकम्प, २०७३ र त्यसपछिको भोटेकोसी बाढीपहिरोका कारण देखाउँदै चीनले नाकाको सहज सञ्चालन गरेको छैन ।२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि २०७६ जेठ १५ गतेसम्म तातोपानी नाका चीनले एकतर्फी रूपमा पूर्ण बन्द गरेकोथियो । यो अवधिमा तातोपानी नाकाबाट कुनै पनि कारोबार नै भएन । सरकारको पहलमा चीनले उक्त नाका २०७६ जेठको तेस्रो साता आंशिक रूपमा खुलाएकोथियो ।तातोपानी नाका पूर्ण रूपमा खुलाई आयात र निर्यातमा सहजता ल्याउनका लागि कूटनीतिक पहल गर्न व्यवसायीहरुले सरकारलाई दवाव दिँदै आएकाछन् । एक महिनाअघि ल्हासास्थित नेपाली वाणिज्य दूतावासमा नेपाल र चीनका वाणिज्य अधिकारीबीच भएको छलफलमा चिनियाँ पक्षले तातोपानी नाकाबाट दैनिक २० गाडी सामान छोडिदिने निर्णय गरेकोथियो ।तर अहिलेसम्म उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन । आर्थिक वर्ष २०७७/०७८ मा तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले एक अर्ब २ करोड ६० लाख ३६ हजार ३३९ रुपैयाँ राजस्व असुली गरेको थियो । उक्त आर्थिक वर्ष कुल राजस्व लक्ष्य पाँच अर्ब ४७ करोड ९५ लाख ५४ हजार रुपैयाँ रहेकोथियो ।चालू आर्थिक वर्ष २०७८/०७९ को माघ मसान्तसम्म ८२ करोड ६४ लाख ५६ हजार लक्ष्यमा २ अर्ब ४ करोड २७ लाख ४४ हजार राजस्व असुली भएको जनाएको छ ।साबार इमेज खबर

Back to top button