२४ घण्टामा ७ सय ४७ जनामा काेराेना पुष्टि, २ हजार ३ सय १९ जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा सात सय ४७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय ९६ जनाको नमुना परीक्षण गर्दा सात सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा दुई हजार तीन सय १९ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४० हजार नौ सय दुई जना पुगेको छ । अहिले नेपालमा २० हजार सात सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण आठ जनाको ज्यान गएको छ । योसहित काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय जना पुगेको छ ।यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार एक सय १८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Back to top button