अब खोप लगाउन परिचय पत्र आवश्यक नपर्ने

काठमाडौं,। सरकारले कोरोनाविरुद्धको खोप लगाउन अबदेखि परिचय पत्र आवश्यक नपर्ने निर्णय गरेको छ ।मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयले आइन्दा आइडी कार्ड आवश्यक नपर्ने बनाएको हो ।आइडी कार्ड नभएकैले थुप्रैं नागरिक खोपबाट बञ्चित हुनुपर्ने अवस्था आएको भन्दै मन्त्रालयले यस्तो निर्णय लिइएको जनाएको छ ।मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार शुक्रबारको मन्त्रीस्तरीय बैठकले यो निर्णय गरिएको हो । परिचय पत्र नभए पनि योग्य नागरिकले खोप लगाउन पाउने प्रवक्ता अधिकारीको भनाइ छ ।साबर इमेज खबर

Back to top button