नेपाली काँग्रेस फलेवास नगर कार्य समितिको बैठक सम्पन्न

पर्वत । नेपाली काँग्रेस फलेवास नगर कार्य समितिको बैठक आईतवार सम्पन्न भएको छ । नगर सभापति हिरामणि सापकोटाको सभापतित्वमा सम्पन्न भएको बैठकले कार्य समिति सदस्यहरु ४ जना, कोषध्याक्ष १ जना, कार्यसम्पादन समितिका सदस्यहरु ८ जना र सल्लाहकार समिति सदस्यिय १८ जना मनोनित गरेको छ ।बैठकले कार्य समिति सदस्यमा हितमान गुरुङ (भँगरा), शालिकराम कुवँर (ठानामौला), हरिराम रेग्मी (लिमिठाना र किशोर पौडेल क्षेत्री (देवीस्थान) लाई मनोनित गरेको नगर सचिव धनवहादुर थापाले जानकारी दिए । थापाका अनुसार कोषध्याक्षमा तोरण शर्मा पौडेललाई मनोनित गरिएको छ । कार्यसम्पादन समितिका सदस्यहरु प्रेम प्रसाद भुषाल (शंकरपोखरी), बृद्धिप्रसाद रेग्मी (शंकरपोखरी), गौरी सापकोटा (मुडिकुवा), बिन्दु रम्तेल (मुडिकुवा) , भिमवहादुर क्षेत्री लम्साल( खानगिाउँ), प्रकाश शर्मा चपाई (देविस्थान) र हितमान गुरुङ (भँगरा) मनोनित हुनुभएको छ ।आमन्त्रित सदस्यहरुमा तारा सापकोटा (मुडिकुवा), बिष्ण्ुाप्रसाद गौडेल (मुडिकुवा), ठाकुर राना (देविस्थान) लालप्रसाद रिजाल (शंकरपोखरी), दिपक श्रेष्ठ (थापाठाना), लालप्रसाद रिजाल (लिमिठाना), बिजुला रेग्मी (कुर्घा), सुन्दरी श्रेष्ठ (कार्कीनेटा) र सरोज खनाल (शंकरपोखरी) मनोनित गरिएको अर्का नगर सचिव चित्र श्रेष्ठले जानकारी दिए ।नगर समितिले सल्लाहकार समिति समेत गठन गरेको छ ।

समितिले सल्लाहकारमा ऋषिकेश तिवारी, गंगाधर तिवार, जितवहादुर नेपाली, राधा कुमारी कुवँर क्षेत्री, रेखा गुरुङ, मुना भुषाल, बिमल राज क्षेत्री, एम.पी.भुषाल, सनम बेगम, यज्ञवहादुर थापा, किरण तिवारी, मिलन सुवेदी, बालचन्द्र शर्मा, ओम शर्मा चापाई, बिष्णुप्रसाद भुषाल, यमप्रसाद शर्मा, मोतीप्रसाद रेग्मी, सुवेदार खड्कवहादुर कार्कि चयन हुनुभएको छ ।बैठकले नगर कार्यालय संचालन एवम् अन्य गतिविधि संचालन गर्नका लागि कार्य समितिका पदाधिकारी तथा सदस्यहरुबाट स्वेच्छिक रुपमा आर्थिक संकलन गर्ने निर्णय गरेको छ ।बैठकको अन्त्य तिर नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य जितवहादुर नेपाली, नेपाली काँग्रेस प्रदेश सभा (ख) का प्रदेश प्रतिनिधी यज्ञवहादुर थापा र काँग्रेस नेता हरि न्यौपाने उपस्थित रहेको थियो उनीहरुले आगामि निर्वाचनमा नेपाली काँग्रेस फलेवास नगरमा काँग्रेसलाई बजबुत गराउन सक्दो सहयोग गर्ने बताएका थिए । नगर सभापति सापकोटाले बैठकमा उपस्थित सबैलाई धन्यवाद दिँदै काँग्रेसलाई बलियो बनाउन सबै उकजुट भएर लाग्नुपर्ने बताए ।

Back to top button