संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाण्डाै – संस्कृतिविद् सत्यमोहन जोशी आज साेमवार दिउँसाे अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँ छाती दुखेपछि उपचारका लागि माघ २५ गते किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । जोशीको मुटुमा समस्या देखिनुका साथै छातीमा निमोनिया भएको थियो । अस्पतालमा अक्सिजनको सपोर्टमा राखिएका जोशीलाई घरमा पनि केही दिन अक्सिजनको सपोर्टमा राख्नुपर्ने अस्पतालले जनाएको छ । साबार उज्यालो अनलाइन

Back to top button