काग्रेस उप-सभापती धनराज गुरुङद्धारा बन्जीको अवलोकन

पर्बत । नेपाली काग्रेसका उप-सभापती धनराज गुरुङ शनिवार पर्बतको कुश्मामा आउनु भएको छ । सो अवसरमा उप-सभापती गुरुङले विश्वको दोस्रो अग्लो भनिएको बन्जी जम्पको स्थलगत अवलोकन गर्नु भयो । अवलोकनपछि उहांले पछिल्लो समय पर्वतमा भएको बन्जी जस्ता साहसिक खेल गतिविधिले आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण धेरै बढेको पाइएको बताउनु भयो ।

पर्वतमा साहसिक खेल तथा पर्यटकिय पूर्वाधार निर्माणले भएको विकासमा आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत उप-सभापती गुरुङले गर्नु भयो ।सो अवसरमा नेपाली कांग्रेस पर्वतका सभापती युवराज जोशीले पर्वतमा भएका पर्यटकिय पुर्वाधार निर्माणले पर्यटन क्षेत्रमा पुगेको फाइदाबारेमा जानकारी गराउदै राज्यले पर्यटन क्षेत्रमा थप सहयोग र उपयुक्त निति निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । सो अवलोकनमा नेपाली काग्रेस कुश्मा नगर सभापती किशोर भण्डारी राजनैतिक दलका प्रतिनिधिहरु, रेडियो शालिग्रामका स्टेशन म्यानेजर गाविन्द अधिकारी तथा संचार कर्मिहरुको उपस्थिति रहेको थियो ।

Back to top button