अक्षय कुमारको गोरखामा सैयौं नेपालीको आबेदन

मुम्बई । अक्षय कुमारको मुख्य भूमिका हुने बलिउड फिल्म ‘गोरखा’ले नेपाली कलाकारको लागि कैयौ आवेदन परेको छ ।

यसै साता सो फिल्मको लागि नेपाली कलाकारहरु चाहियो भनेर अडिसन आह्वान गरिएको थियो । आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्न लागेको फिल्मले अडिसन सूचना जारी गर्दै नेपालबाट महिला र पुरुष कलाकारको आवेदन मागेको हो ।

जनवरीमै अडिसन मागिएपनि इच्छुक कलाकारले फेब्रुअरी ५ सम्म मात्र आवेदन दिन सक्ने भनिएको थियो । सो सूचना पछि भारतमा रहेका नेपाली मुलका कलाकार र नेपालबाट पनि विभिन्न कलाकारले अडिसनको लागि आबेदन हालेको निर्माण पक्षले जनाएको छ ।

यो फिल्ममा गोरखा रेजिमेन्टको गोरखाली सेनाको भूमिकामा नेपाली कलाकारलाई राखिने भएको छ । सोही कारण नेपाली कलाकारको माग गरिएको निर्माण पक्षले जनाएको छ । अडिसन दिएका कलाकार मध्यबाट उपयुक्त चयन गरेर फिल्मको छायाँकन थालिने भएको छ ।

Back to top button