पोखरालाई पर्यटकीय राजधानी घोषणा नगरेकोमा मुख्यमन्त्री पोखरेल असन्तुष्ट

काठमाडौँ । गण्डकी प्रदेशको राजधानी पोखरालाई संघ सरकारले पर्यटकीय राजधानी घोषणा गर्न ढिलाई गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले असन्तुष्टि जनाएका छन् । शुक्रबार पोखरा महानगरपालिकाको १० औं महानगरसभालाई सम्बोधन गर्दै उनले असन्तुष्टि जनाएका हुन् । ‘हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पुन ः आग्रह ग¥र्यौ तर अहिलेसम्म पर्यटकीय राजधानी घोषणा हुन सकेको छैन’ उनले भने ।

उनले देशको समग्र विकासमा संघ, प्रदेश र स्थानीय सरकारको समन्वय हुनुपर्नेमा जोड दिए । समन्वय नभए विकास निर्माणले गति लिन नसक्ने उनको भनाई थियो । मुख्यमन्त्री पोखरेलले राजधानी पोखरालाई विकास गर्न प्रदेश सरकार र पोखरा महानगर मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले जवसम्म दिल खोलेर सहकार्य हुन सक्दैन तवसम्म विकास र समृद्धिको अभियान पुरा हुन नसक्ने बताए ।

पोखरेलले भने, पोखरालाई अगाडी राखेर हाम्रो सहकार्य हुदैन अगाडी बढ्दैन त्यो हाम्रो अभियान पुरा हुदैँन । प्रदेश सरकार, स्थानीय सरकार हातेमालो गरेर यो प्रदेशको राजधानीलाई विकास गर्न सकिने उनको धारणा थियो ।लेखनाथको लामेआहालमा क्षेत्रीय बसपार्क बनाउने कामलाई अगाडि बढाउन प्रदेश र पोखरा महानगरपालिका मिलेर अगाडि बढाउन पोखरेलले प्रस्ताव गरे । मुआब्जाका लागि आवश्यक ३४ करोड बरावरको रकम सहकार्य मार्फत व्यवस्था गरेर काम अगाडि बढाउन उनले अपिल गरे ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेकाले ल्याण्डफिल साइड अहिलेको स्थानबाट हटाउन महानगरले जिम्मेवारी बहन गर्न पोखरेलले ध्यानाकर्षण गराए । त्यसका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताएका पोखरेलले त्यसको जिम्मेवारी महानगरकै भएको बताए । साभार–नयाँ पत्रिकावाट

Back to top button