नेपाली काँग्रेस पर्वतले जिल्लाका सात वटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम गर्ने

पर्बत । नेपाली काँग्रेस पर्वतले जिल्लाका सात वटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम गर्ने जनाएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतको पहिलो बैठकले जिल्लाका दुई नगर पालिका र पाँच गाउँ पालिकामा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको हो । पार्टीको संगठनलाई संगठित बनाउँदै आगमी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई बहुमतका साथ बिजय गराउन काँग्रेसले समसायिक विषयमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । काँग्रेसको १४ औँ महाधिवेशन सकिएलगत्तै गाउँगाउँमा पुगेर टोल कार्य समिति समेत गठन गरेको छ । अघिल्लो स्थानीय, प्रदेश र संघको निर्वाचनमा नराम्रो सँग पराजय भोगेको पर्वत काँग्रेसले बैशाखमा हुने निर्वाचन आफ्नो पाल्टोमा पार्नका लागि रणनिती बनाउँदै आएको छ । काँग्रेसले पछिल्लो समय संगठन निर्माण देखी प्रशिक्षण कार्यक्रम मार्फत कार्यकर्तालाई सुदृढ बनाउन तल्लिन देखिन्छ । पार्टी सचिव अशोक उच्चै ठकुरीका अनुसार फागुन पहिलो साता देखी प्रशिक्षण् ा कार्यकमको थालनी गरिने छ । त्यसका लागि पालिका अध्यक्षहरुलाई जानकारी गराईसकेको उहाँको भनाई छ । प्रशिक्षण कार्यक्रमका लागि प्रदेश र केन्द्रीयस्तरवाट प्रशिक्षक बोलाउने तयारी भैरहेको छ । उक्त प्रशिक्षण कार्यक्रम संगठन मजबूत बनाउन कोशे ढुंगा सावित हुने सचिव ठकुरीको भनाई छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर पार्टीले प्रशिक्षण कार्यक्रम संचालन गर्ने जनाएको छ । त्यसका लागि मास्क, सेनिटाईजर र स्वास्थ्य परिक्षणका लागि हेल्थ असिस्टेन्टको व्यवस्थापन गरिने अर्का सचिव गुप्तनिधि शर्माले जानकारी दिनुभयो ।प्रशिक्षण कार्यक्रममा जिल्ला कार्य समितिका पदाधिकारी, सदस्यहरु, महाधिवेशन प्रतिनिधी, प्रदेश प्रतिनिधी, क्षेत्रीय कार्य समितिका पदाधिकारी एवम् सदस्यहरु, नगर तथा वडा कार्य समितिका पदाधिकारी लगायत क्षेत्रीय प्रतिनिधी, टोल कार्यसमितिका पदाधिकारी सँगै क्रियाशिल सदस्यहरुको सहभागिता रहने छ ।पार्टी सभापति युवराज जोशीले पार्टी संगठन र कार्यकतालाई मजबुत बनाउनका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको बताउनु भयो । पालिकास्तरीय प्रशिक्षण कार्यक्रमले काँग्रेसका अगुवा कार्यकर्ताहरुमा नयाँ उर्जा थपिने बताउँदै संगठनमा लाग्नेहरुका लागि बल पुग्ने बताउनु भयो । कार्यकर्तालाई प्रशिक्षणको माध्यमवाट सुसुचित बनाउँदै लगेमा आगमी निर्वाचनमा सहजै जित हाँसिल गर्र्न सकिने उहाँको धारणा छ । ‘कम्युनिष्टहरुले जनतामा भ्रम छरेर मत बटुल्छन्, काँग्रेसले आफुले गरेका राम्रो काम समेत जनता माझ भन्न्न नसक्दा पछि परेको छ, सभापति जोशीले भन्नुभयो,‘अब हरेक कार्यकर्तालाई प्रशिक्षणको माध्यमवाट प्रशिक्षित बनाउँदै जनता माझ जानुपर्छ।,’

Back to top button