फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफा वरीयताक्रममा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले बिहीबार जारी गरेको नयाँ वरीयताक्रमअनुसार नेपाल दुई स्थान सुधार गरेको हो ।यसअघि १ सय ६९ स्थानमा रहेको नेपाली फुटबल टीमले दुई स्थान सुधार गर्दै ९ सय ८२ दशमलब २२ अंकसहित १ सय ६७औं स्थानमा उक्लेको हो ।दुई साताअघि नेपालमा भएको मरिससविरुद्धको मैत्रीपूर्ण दुवै खेलमा जित निकालेपछि नेपालको वरीयतामा सुधार भएको हो । नेपालले ११ वर्षपछि दशरथ रंगशालामा मैत्रीपूर्ण खेलमा जित निकालेको हो ।यसअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिप अघि नेपालले दशरथ रंगशालामै मैत्रीपूर्ण खेल खेलेपछि त्यसमा जित निकाल्न सकेको थिएन ।फिफाको नयाँ वरीयताको स्क्रिनसट लिएर नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खुसी व्यक्त गरेका छन् । उनले नेपाली फुटबल समर्थक र आफ्ना शुभचिन्तकमाझ खुसी साटेका छन् ।वरीयतामा बेल्जियम पहिलो, ब्राजिल दोस्रो, फ्रान्स तेस्रो हुँदा अर्जेन्टिना एक स्थान सुधार गदै चौथो स्थानमा उक्लिएको छ । एक स्थान तल झरेर इंग्ल्याण्ड भने पाचौं स्थानमा छ । इटली, स्पेन, पोर्चुगल, डेनमार्क र नेदरल्याण्ड्स क्रमशः छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् ।साबार इमेज खबर

Back to top button