Trending

जलजला गाउँपालिका : महामारी भुलाउन सीप सिक्दै महिला

पर्वत । कोभिड महामारीबाट समाज आतंकित भइरहेका बेला पर्वतको जलजला गाउँपालिकाले भने गृहिणी महिलाहरुलाई त्यसको तनावबाट मुक्ति दिलाउनका लागि ढाकाको कपडा बुनाई तालिम सञ्चालन गरेको छ । पालिकाले बिभिन्न गाउँका महिलाहरुलाई समेटेर महामारीका बेला सामाजिक सञ्जालमा हुने अनावस्यक समाचार, भ्रामक गतिविधिबाट हुने तनाबबाट मुक्ति दिलाउने मात्रै नभएर आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम सञ्चालन गरेको हो ।

बिभिन्न युटुव मिडिया र सामाजिक सञ्जालमा भ्रामक समाचार हेर्दा र सुन्दा दिक्क मानेकी उषा मल्लले सामाजिक सञ्जाल र सञ्चारमाध्यमका समाचार चटक्कै छोडेर पालिकाले आयोजना गरेको ढाकाको साडी बुनाई तालिम सिक्न थालिन् । त्यसअघि घरमै गलबन्दी, सुइटर लगायतका कपडा हाते कुरुषको माध्यमबाट बुन्दैआएकी मल्ललाई पालिकाले आयोजना गरेको तालिम सिक्न जा“दा दोहोरो फाइदा भयो । एकातिर कोभिड महामारीको तनाव भुलाउने र अर्कोतिर ढाका बिक्रि गरेर आउने पैसाले घरखर्चको खा“चो टर्ने । ‘अनावस्यक रुपमा समय खेर जानेगरेको थियोे,’ उनले भनिन्, ‘यहाँ आएर काममा बिजि भएपछि सबैखाले तनाव बिर्साउँदोरहेछ ।’

पालिकाले साडी बुनाइ तालिमका लागि महिलाहरुको आग्रह अनुसार सहज रुपमा तालिम ग¥यो । अहिले महामारीका खबरलाई एकातिर थन्क्याएर दर्जनबढी महिलाहरु ढाकाको साडी बुन्नमा तल्लिन देखिन्छन् । जलजला–१ बा“सखर्ककी घिमा पुर्जाले सबैतिर मान्छे बिरामी भएका र मृत्यू भएका खबरले मानसिक तनाव भुलाउने मेसो खोजिरहेका बेला पालिकाले सञ्चालन गरेको तालिमपछि आफ्नो दैनिकी सामान्य अवस्थामा फर्किएको बताइन् । ‘पहिला समय कटाउन मुस्किल थियो,’ उनले भनिन्, ‘ काममा भुलेपछि अरु तनाव पनि हटेर जाँदोरहेछ ।’

ढाकाको सल हुँदै साडीको माग बढ्दो क्रममा रहेको महिला उद्यमीहरुले बताएका छन् । ढाकाको कपडा बनाएर बेच्न सके राम्रो आम्दानी हुने पुर्जाले बताइन् । ‘ढाकाको कपडा नेपाली पहिचान र गौरवको विषयसंग जोडिएको छ,’ उनले भनिन्, ‘पछिल्लो समय विभिन्न सामाजिक कार्यक्रम होस् वा जुनसुकै समारोहमा ढाकाको पहिरनले चर्चा पाउने गरेको छ । त्यसैले पनि यसको माग धेरै छ ।’ ढाकाको तालिम संगै व्यवसाय गर्नसके जिविको पार्जनमा सहज पुग्ने महिलाहरुले बताएका छन् । ढाकाको सल बुन्ने सामान्य तालिम लिएर बसेकी सर्मिला बिकको यही सीप अहिले आम्दानीको प्रमुख स्रोत बनेको छ । उनले ढाकावाट सल उत्पादनगरेर मासिक ५ देखि ८ हजारसम्म आम्दानी गर्छिन् । गाउँपालिकाले ढाकाको सारी बुन्ने तालिमको आयोजना गरेपछि उनी निकै खुशी छन् । ढाकाको कपडा बनाएर बेच्न सकेमा राम्रो आम्दानी हुने उनले अनुभव सुनाइन् ।

गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम ‘मेडपा’ मार्फत जलजला गाउ“पालिकाको मिलनचोकमा एक महिने ढकाको साडी बुनाई सिप तालिम सञ्चालन गरेको हो । महिलाहरु ढाकाको साडी बुनाईमा व्यस्त छन् । विगतमा घरायसी काममा सीमित हुनेहरु अहिले बिहान–सँ“झ घरको काम सकेर दिउँसोको समयमा ढाका बुन्न व्यस्त हुन्छन् । यसले उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भरतर्फ डो¥याएको मात्र छैन, केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ । सामाजिक सञ्जालमा हुने अनावश्यक गतिविधि र महामारीजन्य भ्रामक समाचारको त्रासबाट समेत मुक्त छन् ।

प्रशिक्षक सोनु पुनले ढाकाको कपडा उत्पादन गर्न सके राम्रो आम्दानी हुने बताउँछिन् । ढाका उद्योगमा काम गर्नुका साथै घरमै पनि तान राखेर कपडा बुुन्न सजिलो हुने भएकाले महिलाहरु यसतर्फ आकर्षित हुन थालेको उनले बताइन् । जलजला गाउ“पालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रवहादुर क्षेत्रीले गाउँपालिकाले महिला उद्यमी उत्पादनका लागि तालिमको आयोजना गरेको बताए । जलजला सम्भावनाको खानी भएकाले यहाँ खेर गैरहेको कच्चा पदार्थलाई प्रयोग गरेर व्यवसाय गर्न सके राम्रो आम्दानी हुने भएकोले तालिमको आयोजना गरेको पालिकाले जनाएको छ । पालिकाले हालसम्म २५० जना महिलालाई कटिङ, सालको पात बुन्ने, होजियारी लगायतका तालिम सिकाइसकेको जनाएको छ ।

Back to top button